स्पेन । जो जहाँ पुगेपनि आफ्नो गाउँ ठाउँको मायाँ कसलाई हुँदैन र ? आफनो देश छाडेर बिदेशिएका केही युवाहरुले आफ्नो गाउँ ठाउँलाई म्युजिक भिडियो मार्फत सम्झेका छन् ।
स्पेनमा रहेका केही युवाहरुले इनास म्युजिकल ब्याण्ड स्पेनमार्फत तयार पारेको कस्तो भयो होला मेरो गाउँ ठाउँ बोलको गीत सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।
प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार सुमन बैरागी तथा संगीतकार निरज श्रेष्ठ रहेका छन ।
तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुको भिडियो फÞुटेजलाइ सम्पादन गर्दै तयार पारिएको छ ।

















प्रतिक्रिया