३ कार्तिक २०८३, मंगलबार

आफ्नै साथीको ‘गर्लफ्रेण्ड’को बलात्कार गर्ने प्रहरीका हवल्दार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTगौशाला, १७ चैत । बलात्कार गरेको आरोपमा महोत्तरीमा एक प्रहरी हवलदार पक्राउ परेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई कार्यरत प्रहरी हवलदार बिजकिशोर यादव रहेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

सोमबार साँझ जिल्लाको सोनामाई–१ बस्ने युवती आफ्ना केटा साथीसँग सदरमुकाम जलेश्वर नगरपालिका–४ स्थित न्यू परदेशी एसी होटलमा खाजा खान आएको बेला प्रहरी हवलदार यादवले निजकी साथीलाई कुटपिट गरी भगाई उनीसँग बलात्कार गरेको पीडितले आरोप लगाएका छन् ।

घटनापश्चात् पीडितले जिप्रकामा आएर घटनाबारे जानकारी गराउँदा प्रहरीनायब यादवलाई तत्काल पक्राउ गरिएको आवश्यक अनुसन्धान भइरहेको प्रहरीनायब श्रेष्ठले बताउनुभयो । साथै पीडितलाई समेत प्रहरीको महिला सेलमा राखिएको र आज उनको जिल्ला अस्पताल महोत्तरीमा जाँच गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस