दोहा, कतार । पर्वत युवा सेवा समाज कतारले नेपालकी एक मृगौला पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । केही समयदेखि दुवै मिर्गौला खराब भएकी बिमला श्रेष्ठको उपचार खर्चको लागि सञ्चालन गरेको अभियानबाट संकलित आर्थिक सहयोग समाजले शनिवार नेपाल पठाएको हो ।
जसअनुसार समाजले कतारका प्रवासी नेपालीहरुसंग सहयोग रकम संकलन गरी ५२ हजार ६ सय ४६ रुपैयाँ विमलाका श्रीमान शम्भु श्रेष्ठको नाममा पठाएको जनाएको छ । बिगत ५ महिना देखि काठमाडौँको निदान हस्पिटलमा उपचार गराई रहे पनि रकमको अभावको क्रम मृगौला प्रत्यारोपण गर्न सकिएको थिएन ।
कमजोरी आर्थिक अबस्था र रोगबारे प्रस्ट्याउदै संस्थामा सहयोगको लागि उनका श्रीमान शम्भु श्रेष्ठले हस्पिटलको रिपोर्ट सहित अपिल गरेका थिए ।
संस्थाले स्थापना देखि नै सामाजिक हक हित र रोगी पीडितहरुको लागि सेवा र सहयोग गर्दै आएको छ । संस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै सेवा र सहयोगमा कदममा कदम मिलाउदै अगाडी बढेको छ ।
सोही अनुरुप श्रीमती श्रेष्ठको अभियानलाई सघाउनको लागि पनि संस्थाका महासचिव दिल कुमार श्रेष्ठको संयोजकत्व तथा सदस्य राज कुमार श्रेष्ठको सह–संयोजकत्वमा एक टिम खडा गरी सहयोग संकलन गरेको थियो ।
सहयोग संकलन गर्ने क्रममा सस्थाले विभिन्न संघ सस्था तथा व्यक्तिको सहयोग प्राप्त गरेको थियो ।
बिशेष गरी दलित एकता संजाल कतार, स्याङ्गजा बिचारी चौतारा सेवा समाज कतार, लिमेली थापठाना समाज कतार, बाजुरा सेवा समाज कतार, भिम बहादुर क्षेत्री, झक बहादुर थापा, पूर्ण नेपाली, अजय बिक साथै सस्थाका सम्पूर्ण पदाधिकारीको महत्वपूर्ण सहयोग रहेको थियो ।
















प्रतिक्रिया