२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपालीका समस्याबारे फ्रान्सको पेरिसमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

france-parisपेरिस, फ्रान्स । युरोपेली मुलुक फ्रान्स, ग्रिस, मोनाको, पोर्चुगल र स्पेनमा बसोवास गर्दै आएका नेपाली नागरिकका समस्या समाधान गर्ने उद्देश्यले आइतबार पेरिसमा बृहत् छलफल कार्यक्रम आयोजना गरियो ।

पेरिसस्थित नेपाली दूतावासको सक्रियतामा आयोजित उक्त कार्यक्रममा नेपालीलाई राहदानी तथा ‘कन्सुलर’ सेवा छिटो र सरल रुपमा प्रदान गर्नेलगायत सेवाबारे छलफल भएको उक्त दूतावासले आज जनाएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत अम्बिकादेवी लुइँटेलले प्रवासी नेपालीका समस्या समाधानमा हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राहदानी प्राप्ति तथा अन्य सेवामा दूतावासका तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बन्दै गएकाले मातृभूमिको आर्थिक विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्दै दूतावासले उहाँहरुसँग सहकार्य गरी अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो ।

छलफलमा गैरआवासीय नेपाली सङ्घ फ्रान्स र स्पेनका अध्यक्ष एवम् पदाधिकारी नेपाली एकता समाज, नेपाली सांस्कृतिक गृह, महिलाहरुको संस्था पाकोफन, एभरेस्ट एसोसिएसन, तमु समाज, प्रवासी नेपाली मञ्च, नेपाली प्रगतिशील मञ्चका पदाधिकारी एवम् सदस्यको उपस्थिति थियो ।

आगामी मङ्सिर ८ गतेसम्ममा हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने राहदानी (एमआरपी)मा परिवर्तन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घको प्रावधानअनुसार धेरै नेपालीले एमआरपी प्राप्त गर्न कठिनाइ झेल्नुपरेकाले त्यसबारेमा गम्भीर भएर आवश्यक प्रक्रिया मिलाउन सहभागीले माग गरेका थिए ।