काठमाडौँ। एमाओवादीका नेता प्रभु साहमाथि पार्टीभित्रैबाट संगीन आरोप लागेको छ ।
गृह जिल्ला रौतहटका एमाओवादी केन्द्रीय सदस्य एवं सभासद् अशोककुमार जयसवाल लगायतले नेता साहमाथि गम्भीर आरोप लगाएका हुन् । सोमबार दैनिक नेपालसँग कुराकानी गर्दै जयसवालले आफूसहित केही नेताको हत्या गर्नका लागि साहले अपराधिक गिरोह चलाएको खुलासा गरे । त्यसको बारेमा आधिकारिक उजुरी एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष गराइएको जयसवालले जानकारी दिए ।
यसै सन्दर्भमा एमाओवादी केन्द्रीय सदस्य एवं सभासद् जयसवालसँग दैनिक नेपालले सोमबार टेलिफोन वार्ता गरेको छ ।
















प्रतिक्रिया