काठमाडौं । मोडल तथा टेलिभिजन कलाकार केटी प्राइसले आफूलाई १० वटा सन्तान चाहिएको बताएकी छिन् ।
पाँच सन्तानकी आमा ३७ वर्षीय केटीले डाक्टर बच्चा नपाउने बताएपनि आफूलाई १० वटा सन्तान चाहिएको बताएकी छिन् । हाल दोस्रो विहे गरेकी केटीका पूर्व श्रीमानबाट २ सन्तान छन् ।
केटीले १० वटा बच्चाको आमा भएको दिन आफूलाई जीवनमा सफल मान्नेछिन् । उनले भनेकी छिन्–‘जब म भान्छामा खान पकाउन जानेछु मेरो वरीपरी १० वटा छोराछोरी खेल्नेछन् । अनि मलाई रमाइलो लाग्नेछ ।
केटीका पाँच छोराछोरी हार्वी (१३), जूनियर (९), प्रिंसेज (७), जेट (डेढ़ साल) र बनी (सात महीने) की आमा हुन् । वेबसाइट ‘फीमेलफर्स्ट डॉट को डॉट यूके’ का अनुसार, केटीले पत्रिका ‘इएस’लाई भनेकी छिन्-‘म चाहन्छु की एक दिन किचन टेबलमा म आफ्नो १० बच्चासंग हेरिरहु, त्यो समय मेरा लागि सफल हुनेछ ।’
कीरन हेयलरसँग विहे गरेकी केटीले वैवाहिक जीवन सफल तथा परिवार ठुलो बनाउन चाहेको बताईन् । उनले डाक्टरले आमा बन्न रोक लगाएमा अर्काे आमा भएपनि बच्चा जन्माएरै छाड्ने द्धृढता व्यक्त गरेकी छिन् । एजेन्सी















प्रतिक्रिया