३ कार्तिक २०८३, मंगलबार

पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको आकर्षण घट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press00– यमबहादुर बम
धनगढी, १६ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघको ६०औं स्थापना दिवसको अवसरमा आज धनगढीमा आयोजित चियापान कार्यक्रममा केन्द्रीय सदस्य शाहले पछिल्लो समयमा यस क्षेत्रमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेपनि उनीहरु पत्रकारिता क्षेत्रमा नआउने गरेको बताए ।

अवको पत्रकारिता नयाँ पुस्ताले नै धान्ने भएकाले पारिश्रमिक र सेवासुविधाका आधारमा उनीहरुलाई आकर्षित गर्न सकिने शाहको भनाई छ । श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि पत्रकार महासंघले अभियान थालेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य कर्ण शाहले समाजप्रति मिडियाले हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने बताए ।
पछिल्लो समयमा यहाँका सञ्चारमाध्यममा खोजमुलक समाचारको अभाव सृजना भएको आफूले महसुस गरेको उल्लेख गर्दै शाहले सामाजिक मुद्दालाई मिडियाले उठाउन जरुरी रहेको बताए ।

महासंघका अर्का पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले पत्रकारिता क्षेत्रमा लागेकाहरु पलाएन हुने क्रम बढ्दो अवस्थामा रहेकोले यसलाई रोक्न न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताए ।

महासंघ कैलालीका अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको भएको कार्यक्रम सञ्चालन सचिव एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।
कैलालीमा डेड दर्जन बढी एफएम स्टेशन तथा करिव दुई दर्जन दैनिक र साप्ताहिक पत्रिका प्रकाशित हुँदै आइरहेका छन् ।