२९ आश्विन २०८३, बिहिबार

यसकारण गर्छ मानिसले आत्महत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Damber-Bhatta1

दिनहुँजसो आत्महत्याका समाचार सुन्न र पढ्न पाइन्छ । नेपालमा आत्महत्याले एउटा विकृत रुप नै लिइसकेको छ । आखिर किन मानिसहरु आत्महत्या गर्दैछन् त ?

किन बढ्दैछ आत्महत्या ?

सामान्य भाषामा भन्दा आत्महत्या गर्ने व्यवहार र आत्महत्या एक प्रकारको मानसिक रोग हो । गहिराइमा गएर अध्ययन गर्ने हो भने जीवनको बास्तविकतालाई स्वीकार गर्नुको सट्टा टाढा भाग्ने सजिलो उपाय हो अत्महत्या ।

बिश्व स्वास्थ्य संंगठनको तथ्यांक अनुसार प्रत्येक बर्ष करिब ८ लाख मानिसहरुले आत्महत्या गर्दछन् । यो रोग एउटा महामारीको रूपमा फैलिदै गरेको देखिन्छ, पछिल्लो ४५ बर्षको तथ्यांक हेर्दा बिश्वमा ६० प्रतिशतले बढेको देखिन्छ । २०१२ को तथ्यांकले देखाए अनुसार ७५ प्रतिशत आत्महत्याहरु निम्न र माध्यम आय हुने देश हरुमा हुने गर्दछन् । १५ देखि २९ बर्ष समूहका मनिसहरुको मृत्युको दोस्रो कारण आत्महत्या देखिन्छ ।

आत्महत्याको सोचको बिकास हुन लामो समय लाग्द्छ, यो एक वा दुइ दिन अथवा महिनामा हुने कुरा होइन । घटना घटनुपूर्व नै भित्री रुपमा बिभिन्न सोचाइहरुको बिकास हुन्छ, यदि त्यही अवस्थामा उपचार गर्दा प्रायः निको हुने सम्भावना हुन्छ । अन्तिम अवस्थामा उपचार गर्दा पनि धेरै मानिसहरु पूर्ण रुपम निको भएर सामान्य जीवन बिताइरहेका छन् ।

यस्ता छन् कारण

१) दैनिकरुपमा नशालु पदार्थको सेवन् । जस्तैः ड्रग्स्, मदिरा आदि ।

२) पुराना घटनाहरुको मनमा नकारात्मक प्रभाव ।

३) डिप्रेसन ।

४) तनावपूर्ण जीवन जस्तैः दयनीय आर्थिक अवस्था, परिवारिक सम्बन्धमा फाटो आदि ।

तनावको कारणले हुने निरन्तर पीडाबाट मुक्ति पाउनका लागि मानिसले अन्तिम उपायको रुपमा आत्महत्या रोज्ने गर्दछन् ।

आत्महत्याको सोचको बिकास हुन लामो समय लाग्द्छ, यो एक वा दुइ दिन अथवा महिनामा हुने कुरा होइन । घटना घटनुपूर्व नै भित्री रुपमा बिभिन्न सोचाइहरुको बिकास हुन्छ, यदि त्यही अवस्थामा उपचार गर्दा प्रायः निको हुने सम्भावना हुन्छ । अन्तिम अवस्थामा उपचार गर्दा पनि धेरै मानिसहरु पूर्ण रुपम निको भएर सामान्य जीवन बिताइरहेका छन् ।

मनमा यस्ता सोचाई आए मानसिक रोग बिशेषज्ञसँग सम्पर्क राख्नु पर्दछ:

१) अरुको बारेमा अत्याधिक चिन्ता लिनु, आफूलाई हरेक कुरामा दोषी देख्नु, आफूलाई हरेक कुरामा गलत देख्नु ।

२) आफूलाई जहिले पनि पीडितको रुपमा हेर्नु ।

३) एक्लो महसुस गर्नु, अरुले आफूलाई मन पराउँदैनन् भन्ने ठान्नु, सबैतिर हार मात्र देख्नु ।

के विपन्नता कारण हो त ?

मृत्युको संख्या धेरै वा थोरै भयपनि यसको मुख्य कारण बिपन्नता मात्रै हो, जस्तो मान्न सकिँदैन, धनी, गरिब सबै परिवारमा यस्ता घटना सुनिने गरेका छन् । हाम्रो देशमा बार्षिक कतिले आत्महत्या गर्छन् यकिन विवरण त छैन तर लामो समयदेखि समाचारमा आउने गरेका घटनाहरु केलाउँदा यस्को मुख्य कारण आर्थिक बिपन्नता मात्रै भन्न सकिँदैन । १५ देखि २९ बर्ष समूहकै कुरा गर्ने हो भने, आत्महत्याको कारण प्रेम असफलता, शैक्षिक असफलता, जगिरमा असफलता जस्ता कारण देखिन आउँछन् ।

धनी देखि गरिबसम्म, कलाकार देखि पत्रकारसम्म, शिक्षितदेखि अशिक्षित सबैले आत्महत्या गरेका थुप्रै उदाहरण छन्, समाजमा ।

मेरो आफ्नै भोगाइ

करिब १६ बर्ष पहिला बिद्यालय जाने उमेरमा रेडियोमा मात्र सुनिने घटना मैले आफ्नै आँखाले समेत देखेको छु । गाउँमा धेरै उमेर पुगेकाले भन्ने गर्थे, हाम्रो गाउँमा पहिलोपटक यस्तो घटना भयो भनेर । अहिले दिनहुँ ठाउँ ठाउँका यस्ता थुप्रै घटना सुनिन्छन । अझ गाउँघरमा त यो सामन्य नै भइसकेको छ ।

जीवनदेखि बितृष्णा जागेपछि एक अर्काको सिको गर्ने गरेको पनि देखिन्छ । सायद यहीकारण होला, प्राचीन समयमा यस्ता घटना बाहिर ल्याउने गरिन्न थियो । र, आत्महत्या प्रयास गर्नेलाई नेपालमै अपराधी मान्दै जेल सजाय हुने गर्थ्यो ।

एउटै उमेरका साथीहरु मध्ये कसैले आत्महत्या गर्दा लामो समयसम्म यसको नराम्रो मानसिक प्रभाव पर्छ, परिवारमा त झन् पर्ने नै भयो । करिब १५ बर्षअघि देखि नै मैले आत्महत्याका विषयमा सोधीखोजी गरेँ, धेरै पुस्तक अध्ययन गरेँ मानसिक बिशेषज्ञहरुसँग पनि सँगत गरे । तर, एउटा घटनाले मेरो पूरै सोच परिवर्तन गर्यो । करिब १ बर्ष पहिला मेरो अति मिल्ने साथी, त्यो पनि मानसिक रोग बिशेषज्ञ, जो सबैलाई परामर्श दिने काम गथ्र्यो, ऊ आफैले आत्महत्या रोज्यो।

त्यतिबेला मैले देखेका र बिश्वास गरेका पुराना कारण सबैप्रति मेरो बिश्वास हट्यो र आधुनिक चिकित्सा केवल रोकथाम हो, पूर्ण समाधान होइन भन्नेमा पुगेँ म । रोकथाम औषधीले पनि गर्छ, लामो समयसम्म विशेषज्ञको परामर्श गर्दा पनि हुन्छ । यी दुबै विधिलाई रोकथामको रुपमा प्रयोग गर्नुपर्दछ, अति प्रभावकारी हुन्छ । यो बिज्ञानको ठूलो सफलता हो र सबैलाई जानकारी हुन पनि जरुरी छ ।

मेरो विचारमा आत्महत्याको जरो सानै उमेरमा बसिसकेको हुन्छ, त्यो कुनै उपयुक्त समयको संगममा देखिने मात्रै हो । हाम्रो आधुनिक सामाजिक चिन्तन र त्यसले गर्दा जन्म लिने सोचहरु पुस्तौँपुस्ता देखि हामी आफ्नो बिचार अनि बिश्वास भनेर आफूसँगै बाँधेर हिँडिराखेका छौँ । कोही आफ्नो परम्पराको नाममा, कोही सम्प्रदायको नाममा, कोही जातको नाममा, यिनै विकृत सोचको जरो पनि यी विकृत सोचहरु भित्रै छ । अरुले खोजी दिएर हुँदैन, आफ्नो लागि आफैले कारण खोज्नुपर्छ ।
आफ्नो मानसिक पीडाको पीडक म आफै हो भनेर जिम्मा लिन सके समाधान पनि आफ्नो हातमा हुन्छ । पीडा कहिले पनि समाधान हुँदैन किनभने सानैदेखि अरुलाई दोषी देख्ने चश्मा लगाएर हिँडिरहेका छौँ हामी । र, थोरैले गलत चश्मा रहेछ भन्ने थाहा पाउँछन र त्याग गर्छन् । धेरैले जीवनभरी भेउ पनि पाउँदैनन अनि पीडित जीवन जिउन बाध्य हुन्छन ।

यस्तै यस्तै चश्माको कमाल हो आत्महत्या पनि, जसमा आफैले आफैलाई समस्याको कारण ठान्दछ ।

कार्ल जी जङ भन्ने विद्वानले भनेका छन्, कुनै पनि समस्याको समाधान छैन, हुँदैन पनि । गहिरिएर हेर्ने हो भने प्रस्ट देखिन्छ पनि । हामी त्यो छोडेरै अर्को काम फरक तरिकाले गर्छौ, अनि त्यसैलाई समाधान भन्छौँ । समस्या आउँदै गर्छन्, गर्दै जाने हो, अनि हरेक घटनालाई अनुभवको रुपमा लिने हो, न कि राम्रो अनि नराम्रो । तुलनात्मक भन्दा बाहिर छ वास्तविक सत्य जहाँ न पीडा हुन्छ न त पीडक ।

जसलाई पनि पनि यस्ता विचारहरु मनमा आउँछन्, तुरन्त बिशेषज्ञको सल्लाह लिनुपर्दछ । गलत खानपिनका कारण शारीरिक समस्या उत्पन्न भए जस्तै, खराब विचारका कारण उत्पन्न हुने एउटा मानसिक समस्या हो । उपचार गरेपछि पूर्ण रुपमा निको हुन्छ ।

यस्तो रोग लागेपछि रोगी आफू ठीक छु भन्ने देखाउन उत्प्रेरित पनि हुन्छन्, त्यसैले त घटना घटाएपछि मात्र थाहा हुन्छ, नजिकबाट हेर्नेले यदि यस्तो कुराको शंका पाएमा सम्झाएर भएपनि विशेषज्ञको लैजानुपर्छ ।

लेखक मनोवैज्ञानिक परामर्शदाता हुन् ।