– बीरबहादुर गिरी
जाजरकोट १६ चैत । जाजरकोटमा ट्याक्टर दुर्घनामा परी एक जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगमाबाट मटेला जादै गरेको भे १ त ५५६४ नम्बरको ट्याक्टर शान्तिचौतारमा दुर्घटना हुदा खलंगा ६ का १६ बर्षिय ट्याक्टर चालक रामबहादुर पुनको मृत्यु भएको हो ।
दुर्घटनमा परी ट्याक्टरका सह चालक भरत बुढा घाइते भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
चालक पुनको उपचारको क्रममा जिल्ला अस्पतालमा जाजरकोटमा मृत्यु भएको प्रहरी निरिक्षक परशु मल्लले बताउनु भएको छ । घाइते बुढाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । बुढाको अबस्था खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया