३ कार्तिक २०८३, मंगलबार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १६ चैत । झापाको दमकमा आज बिहान मालवाहक ट्रकको ठक्करबाट स्थानीय एक साइकलयात्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक–१५ स्थित चियादोकान चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२४५ नम्बरको मालवाहक ट्रकको ठक्करबाट दमक–९ का ५० वर्षीय शैलेश खनालको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । यसैबीच, क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र छिमेकीले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । रासस