महेन्द्रनगर, १५ चैत । कञ्चनपुरको स्थानीय शान्ति समितिमा एकीकृत नेकपा माओवादीका युवा नेता गगन बहादुर सिंह बहुमतबाट चयन हुनुभएको छ ।
आईतबार स्थानीय शान्ति समितिको बैठकले सिंहलाई बहुमतबाट संयोजकमा चयन गरेको स्थानिय शान्ति समितिका कार्यालय प्रमुख तर्कराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार शान्ति समितिको बैठकबाट सिंहलाई बहुमती सदस्यले संयोजक बनाउने सहमत भएपछि सिंह स्थानीय शान्ति समितिको संयोजकमा चयन हुनुभएको भट्टले बताउनुभयो ।
सिंह संयोजक भएपछी अन्य २३ जना स्थानीय शान्ति समितिको सदस्यमा रहने छन् ।
संयोजक सिहले वास्तविक द्वन्द्व पीडितहरुलाई राहत दिलाउन पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
‘शान्ति समिति कञ्चनपुरको संयोजकको हैसियतले जिल्लाभरीका सम्पूर्ण द्वन्द्व पीडितहरुको पक्षमा काम गर्ने मेरो उद्देश्य हो ।’
सबै दलहरुसंग मिलेर पीडितहरुको राहतका लागि पहल गर्ने युवा संयोजक सिहको भनाई छ ।















प्रतिक्रिया