३ कार्तिक २०८३, मंगलबार

पत्रकार सचिन भट्टराईको हत्या भएको निष्कर्ष, महासंघले बनायो छानबिन समिति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sachin-Bhattarai-dainiknepal

इटहरी, १५ चैत । सुनसरीको इटहरीमा वेवारिसे अबस्थामा भेटिएका उदयपुरका पत्रकार सचिन भटटराईको हत्या भएको निष्कर्ष निकालिएको छ ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष समेत रहेका प्रेस चौतारी नेपालका पूर्वाञ्चल उपाध्यक्ष कुशलबाबु वस्नेतले विज्ञप्ती जारी गरी सक्रिय पत्रकार रामप्रसाद भटटराई (सचिन)को हत्या भएको दाबी गर्नुभएको हो । भटराई उदयपुरवाट प्रकाशन हुने वरुवा टाइम्स दैनिकको उप सम्पादक, उज्यालो पत्र दैनिक विराटनगर र औजार दैनिक धरानको सम्वादाता हुनुुहुन्थ्यो ।

गत चैत ११ गते इटहरी प्रहरीले राती १२ वजे इटहरी २६ स्थित कोशी राजमार्गमा टाउको गम्भीर चोट लागेको वेवारिसे शव फेला पारेको थियो । यातायात ब्यवस्था कार्यालय छेउमा फेला परेको त्यो शव पत्रकार भटटराईको रहेको आइतबार बिहानमात्र खुलेको विज्ञप्तीमा जनाइएको छ । बेवारिसे अवस्थामा शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । तीनदिन पछि आइतबार बिहान पत्रकार भटटराईका दाजु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर हेरेपछि मात्र त्यो शव उहाँको रहेको खुलेको हो । भटटराई समाचार संकलनको शिलसिलामा इटहरी आएको विज्ञप्तीमा लेखिएको छ ।

पत्रकार महासंघले उहाँको नियोजित तवरवाट हत्या भएको दाबी गरेको छ । घटनाको शीघ्र छानविन गरि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिएको छ । यसैबीच प्रेस चौतारी नेपालका कोशी अञ्चल इन्चार्ज लिलाराज भटटराई, सुनसरी अध्यक्ष देवेन्द्र कार्की, मोरंग अध्यक्ष रामचन्द्र अघिकारी र उदयपुर अध्यक्ष भरत खडकाले संयुक्त विज्ञप्ती जारी गरी शीघ्र छनबिन गरि दोषीमाथि कारवाहीको माग गरेका छन ।

हत्या भएका पत्रकार भटटराई प्रेस चौतारी उदयपुरका कोषाध्यक्ष हुनुहुन्थ्यो ।

यसैबीच नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पूर्वान्चल संयोजक गणेश पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । पत्रकार भटराइसँगै उदयपुरबाट आएका नाताले भान्जा पर्ने फुपुको छोरीको छोरा राजेन्द्र पराजुलीलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पराजुलीलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।