३० आश्विन २०८३, शुक्रबार

यसरी आफ्नै दाजुभाइबाट ठगिन्छन् नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Roka-dainiknepal

– विनोद रोका, न्यूयोर्कस्थित नेपाली अधिवक्ता

 अमेरिका सपना र अवसरको देश हो । यहाँ आफ्नो भाग्य खोज्न र सुखी जीवन बिताउन संसारभरिका मानिसहरु आउँछन् । अमेरिकामा आएपछि उनीहरुलाई मानवीय सहाराको अन्त्यन्त आवश्कता परेको हुन्छ । सरकारले दिने सुविधाहरु पाउने बाटा र आधारहरु उनीहरुलाई थाहा हुँदैन । अनि उनीहरु आड र भरोसाको खोजीमा आफ्नै समुदायमा पुग्छन् । यसरी उनीहरु पुग्ने ठाउँमा भेट्ने गरेका मान्छेहरु प्रायः भरोसायोग्य हुँदैनन्, बोली र छापामा देखिएजस्तै । अनि ठगिन्छन् ।