३ कार्तिक २०८३, मंगलबार

बालश्रम गर्न लैजाँदै गर्दा सोह्र बालबालिकाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । काठमाडौँको कपन कार्पेट कारखानामा काम गरेका १६ बालबालिकालाई चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ ।

आठदेखि १३ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउन चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी नायब उपरीक्षक प्रवीण धितालको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

बालबालिकालाई हिजै थानकोट प्रहरीले माइती नेपालको टोलीलाई जिम्मा लगाएको छ । बालबालिकाको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यलयमा छलफल भइरहेको माइती नेपालले जनाएको छ ।

आफूलाई ‘माइला’ र ‘साहिला’ साहु भन्ने व्यक्तिले तीन ठेकेदारको सहयोगमा काठमाडौँबाट चितवन लैजान लागेका थिए ।

नयाँ बालबालिकालाई मासिक रु तीन हजार र पुराना बालबालिकाई मासिक रु पाँच हजार दिएर साहुले आफूहरुलाई बिहान चार बजेदेखि राति आठ बजेसम्म काम लगाउने गरेको पीडित बालबालिकाले बताएका छन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालबालिकाको शिक्षालाई निःशुल्क गर्नुका साथसाथै श्रम गर्न पाइँदैन भने तापनि दिनानुदिन बालश्रम हुने गरेको बताउनुभयो ।

अध्यक्ष कोइरालाले यस्ता बालबालिकालाई इँटाभट्टा र गलैँचा कारखानामा काम लगाउने मालिकलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।

पीडित बालबालिकामा पाँच जना मकवानपुर र ११ जना रौतहटका रहेको माइती नेपालले जनाएको छ । रासस