३ कार्तिक २०८३, मंगलबार

स्वाइन फ्लु पीडित एमाले नेता ढकाललाई नयाँदिल्ली लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramnath-Dhakalकाठमाडौँ, १५ चैत । स्वाइन फ्लुका कारण गम्भीर अस्वस्थ्य हुनु भएका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकाललाई आज थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्ली लगिएको छ ।

दुई दिनअघि निमोनिया र स्वाइन फ्लुका कारण धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका उहाँलाई चिकित्सकको सुझावअनुसार नयाँ दिल्लीको मेदान्त अस्पतालमा पठाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ढकालको स्वास्थ्य लाभको कामना गर्दै त्यस क्रममा पार्टीका तर्फबाट आवश्यक पहल गरिने जनाउनुभयो । रासस