३ कार्तिक २०८३, मंगलबार

चितवनमा स्वाइन फ्लु संक्रमणको संख्या १२१ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swineचितवन, १५ चैत । चितवनमा १२१ जनालाई स्वाइन फ्लुको सङ्क्रमण भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार आज बिहानसम्मको प्रतिवेदनअनुसार परीक्षण गरिएका ३५६ मध्ये १२१ जनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच१एन१ सङ्क्रमण भएको पाइएको छ ।

अझै केही नमुना परीक्षणको प्रतिवेदन भने आउन बाँकी रहेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमण दरमा केही कमी आएपनि सङ्क्रमण भने रोकिएको छैन । यस विषयमा आजसम्मको स्वाइन फ्लुबारे भरतपुर अस्पतालका चिकित्सकहरुसँग समीक्षा गर्ने केसीले बताउनुभयो । समीक्षापछि आगामी कार्यक्रम तय गरिने छ ।

चितवनमा सन् २०१३ मा १० जना र सन् २०१४ मा ११ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले विशेष सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । आत्तिनु पर्ने स्थिति भने नरहेको उहाँले बताउनुभयो ।

डा पौडेलका अनुसार अहिले अस्पतालमा आइसोलेसन वार्ड बनाइएको छ र हेल्प डेस्कसमेत स्थापना गरेर बिरामी तथा सर्वसाधारणको निगरानी गर्ने गरिएको छ ।