अछाम, १५ चैत । प्रहरी र आम नागरीकको सम्वन्ध स्थापित गर्न र जनताको शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरी प्रशासन जनताबाट भाग्न नसक्ने प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामको नव निर्मित भवनको उद्घाटन गर्दै भण्डारीले प्रहरी नागरिक एक अर्काका परिपुरक भएको बताउनुभएको हो ।
करिब एक करोड १७ लाखमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै भण्डारीले नागरिकलाई सधैं अग्रभागमा राख्दै प्रहरीले आफुलाई सुदृढीकरणमा लिँदै गईरहेको बताउनुभयो ।
बिगत द्धन्द्धकालमा ध्वस्त भएका अछाममा भएका भौतिक संरचना निर्माण भएपनि मानवीय क्षतीलाई सम्झदा अहिले पनि आफुलाई अप्ठेरो लागिरहेको बताउनुभयो ।
बिगतमा ध्वस्त भएका भौतिक संरचना पुनः निर्माणका लागि स्थानिय स्रोतसाधन पनि परिचालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
आगामी दिनमा बिगतमा भएजस्तै भौतिक र मानवीय क्षती हुन नदिनका लागि सबैलाई जागरुक हुन आग्रह समेत गर्नुभयो । स्थानीय शान्ति समितिका संयोजक तेज बहादुर बिष्टको अध्यक्षतामा भएको भवन उदघाटन कार्यक्रममा नेपाल महिला प्रहरी संघका केन्द्रिय उपाध्यक्ष सोभा भण्डारी, सुदूरपश्चिम प्रहरी प्रमुख रामकुमार खनालको पनि बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मन्तब्य राख्नुभएको थियो भने अछामका डिएसपी दिलिप सिंह देउवाले स्वागत मन्तब्य राख्नुभएको थियो ।















प्रतिक्रिया