२९ आश्विन २०८३, बिहिबार

मृत्युदण्ड सुनाइएका नेपालीको जीवनरक्षाका एनआरएन कतारले पहल गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrn-Quaterदोहा, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय परिषद् कतारले कतारमा मृत्युदण्डको सजाय सुनाइएका नेपाली युवाको जीवन रक्षाका लागि पहल गर्ने भएको छ ।

एनआरएन कतारको बैठकले कतारमा मृत्युदण्ड सजाय सुनाइएका स्याङजाका कुशल कार्कीको जीवन रक्षाका लागि थप पहल गर्ने जनाएको हो ।

त्यसका लागि अध्यक्ष मक्सुद आलमलाई जिम्मेवारी दिइएको छ । साथीको हत्या गरेको आरोपमा कार्कीलाई कतारको दोहा स्थित अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

यस्तै, गैरआवासीय नेपाली संघ, राष्ट्रिय परिषद् कतारको बैठकले रिक्त पदहरुमा पदपुर्ति गरेको छ ।

अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा बसेको संस्थाको बैठकले रिक्त सचिव पदमा सचिवालय सदस्य टेकनाथ बराललाई, सचिवालय सदस्य पदमा कार्यसमिति सदस्य ई. नन्द प्रसाद गर्बुजालाई तथा रिक्त तिन सदस्य पदमा राष्ट्रिय परिषद् सदस्यहरु अशोक कुमार तामाङ, टंकनाथ भट्टराई तथा ठाकुर कुमार दर्जीलाई मनोनयन गरेको छ ।

त्यस्तै, रिक्त अनुशासन तथा अनुगमन समितिको संयोजकमा चुडामणी कार्कीलाई मनोनित गरेकोछ । सोही बैठकले परराष्ट्र मन्त्रलयको निर्देशन बमोजिम नियोग प्रमुखको संरक्षकत्वमा गठन हुने व्यापार प्रबद्धन समितिको लागि मक्सुद आलम तथा कमलमणी गुरँगाईको नाम सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

आसन्न चौथो तथा अन्तिम परिषद् भेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न आवाश्यक कार्य विभाजन तथा योजनाहरु समेत तय गर्न बसेको बैठकले ताप्लेजुङ, सप्तरी लगायत विभिन्न स्थानमा भएका आगालागी घटनाका पीडितहरुलाई राहत संकलन गर्नको लागि सचिवालय सदस्य छविरमण कटुवालको संयोजकत्वमा प्रेम सिटौला, गोप सुनार, लोक बहादुर तामाङ तथा रामकुमार मण्डल रहेको राहात संकलन समिति गठन गरि सहयोग संकलन सुरु गरेको छ ।