काठमाडौं, १५ चैत । गैर आवासिय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषद सदस्य गोबिन्दप्रसाद गौतमले पर्वतका दुई बिद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।
पर्वतको फलेबास खानीगाउँ स्थित भवानीबिद्यापीठ उच्चमाबि र देबिस्थान गाबिस स्थित चन्दनी प्राथमिक बिद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो ।
देबिस्थान–१ स्थित चन्दनी प्राथमिक बिद्यालयमा गौतमले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अक्षयकोषको रकम गौतमले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेल र प्रधानाध्यापक इन्द्रप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
दलित र अल्पसंख्यक बिद्यार्थीले अध्ययन गर्दै आएको चन्दनी प्राथमिक बिद्यालयमा पढ्ने बिद्यार्थीलाई छात्रबृत्ति र आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले अक्षयकोष स्थापना गरेको गौतमले बताउनुभयो ।
‘गरिब र जेहेन्दार बिद्यार्थीको शिक्षा आर्जन गर्नमा थोरै सहयोग पुगोस भनेर अक्षयकोष स्थापना गरिएको हो’ गौतमले भन्नुभयो ‘यसले उनीहरुमा पठ्नपाठन प्रति रुची बढेर जाने बिश्वास लिएको छु’
गौतमले आफुँले माध्यामिक तहको शिक्षा आर्जन गरेको खानीगाउँ स्थित भवानीबिद्यापीठ उच्चमाबिलाई १ लाख रुपैया सहयोग गर्नुभएको छ । भवानी बिद्यापीठ उच्चमाबिका सञ्चालित बिज्ञान संकायका लागि उक्त सहयोग गरेको जानकारी दिनुभयो ।
शनिबार बिद्यालयमा आयोजित एक समारोहमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद भुसाललाई नगद हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा बिद्यालयबाट गत बर्ष बिज्ञान संकायमा उत्कृष्ट अंक ल्याउने छात्रा साधना सापकोटालाई टयाबलेट र ७ हजार नगद सहयोग गर्नुभएको छ ।
गौतमले २०३८ सालमा सोही बिद्यालयबाट एसएलसी उर्तिण गरेपछि मस्को प्लानमा अध्ययनका लागि रसिया जानुभएको थियो ।















प्रतिक्रिया