दुबई । नेपालमा शुरु भएको माओबादी एकताको प्रक्रिया प्रबासी संगठनहरुमा पनि देखिने क्रम शुरु भएको छ ।
संसदबादी मुलधारका कांग्रेस, एमाले लगायतका दलहरुको दम्भको कारण शान्ति सम्झौता, विभिन्न समयमा भएको समझदारीको उलंघन गर्दै जनमुखी संबिधान बन्न नदिने, द्धोन्दकालिन मुद्धाहरु बिउताउदै माओबादीलाई पाखा लगाउने कसरत गरिरहेको यो समयमा माओबादी शक्तिहरु एकजुट हुनु पर्ने तार्किक निस्कर्ष सहित नेपलमा भएको माओबादी एकताको प्रक्रिया संगै प्रबासी संगठन अन्तर्गतका नेपाली जनप्रगतिशील मंच युएई र नेपाली जनप्रगतिशील मोर्चा यूएई बीच छलफल शुरु भएको हो ।
बरदुबई को मेट्रो पार्कमा शुक्रबार सम्पन्न उक्त छलफलमा नेपाली जनप्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेलले अधुरो क्रान्तिलाइ पुरा गर्न पार्टी एकताबद्द हुनुपर्ने धारणा राखेका थिए ।
नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष काशी काफ्लेले बिगतको कमीकमजोरीलाई समिक्षा गर्दै प्राप्त उपलब्धिहरुको सस्थागत गर्नको लागि पार्टीको तत्कालिन कार्यनीति, समान धारणा बनेपछि युएईमा पनि एकताको पहल गरिने जनाए ।
टुक्रिएको सबै माओबादी पार्टी एक भएर मात्र शहिदहरुको सपना पुरा हुने भनाइ शहिद परिवारका मनोज काउछाले राखेका थिए ।
मञ्चका सल्हाकार उत्तम अधिकारीले संघर्ष कुनै बेला सरल र कुनै बेला पेचिलो बन्ने गर्दछ तसर्थ पार्टी एकताको ईतिहासलाई समिक्षा गर्दै गल्ति कमीकमजोरीलाई सच्याउदै फुटेर हैन जुटेर परिबर्तनका एजेन्डालाई सस्थागत गर्नु पर्ने बताए ।
यूएई लगायत प्रबासमा रहेका मोर्चाहरुलाई खुल्ला छलफल र बहसको लागि आबस्यक भूमिका निर्बाह गर्दै माओबादी आन्दोलनको बाकि कार्याभारलाइ पुरा गर्न सहयोग गर्ने क्रान्तिकारी पत्रकार संघ यूएईका पत्रकार निमकान्त पाण्डेले बताएका थिए ।
सोहि क्रममा नेपाली जनप्रगतिशील मोर्चा युएईका महासचिब उत्तम बिकले सबै माओबादी शक्तिहरु एक भएर ईमान्दारिताका साथ १४ हजार भन्दा बढी नेपाली आमाका छोराछोरीले दिएको बलिदानीको कदर गर्दै घाइते, अपाङ्ग बेपत्तापरिवार लगायत श्रमजीबी नेपालीको हकहित र अधिकारको लागि पुर्ण ग्यारेन्टीका लागि पनि माओबादी एकता अपरिहार्य भएको बताए ।















प्रतिक्रिया