मुगु, १५ चैत । यहाँको सदरमुकाम गमगढीबाट २१ कोष उत्तर–पश्चिममा पर्ने धैनकोट गाविसको बलाडी भन्ने ठाउँ नजिकै मुगु कर्णाली नदीमा डुबेर शनिबार एकैघरका तीन बालबालिकाको मृत्यु भएको छ । सो घटनाको जगतमाला उच्च माध्यमिक विद्यालय धैनका शिक्षक नरजित मल्लले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा धैनकोट गाविस–६ भियालवाडा निवासी बली सार्कीका छोरी वर्ष १२ की नन्दादेवी सार्की, १० वर्षकी विष्णुदेवी सार्की र आठ वर्षका छोरा कुशल सार्की रहेका छन् ।
भेडा चराउन गएका बेला नदीमा नुहाउन लाग्दा एक्कासि पानीमा डुबेर मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।















प्रतिक्रिया