३० आश्विन २०८३, शुक्रबार

सभासद्को गाडी नै अबैध !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dik-Bahadur-Limbu

कार तयारी अवस्थामा छ । र, चढ्दै गरेका व्यक्ति चाँहि कुनै सर्वसाधारण होइनन्, देशकै माननीय सभासद् हुन् । जसलाई यो देशको मुल कानुन– संविधान बनाउन मोरङका जनताले जिताएर पठाएका ।

मोरङ– ९ का यी सभासद् डिगबहादुर लिम्बुलाई आजभोलि उनको क्षेत्रका बासिन्दा सामु चर्चाको पात्र बन्न थालेका छन् । कारण हो, उनले चढ्ने गाडी । आफ्नो क्षेत्रमा जाँदा उनी लज्जास्पद रुपमा भारतीय नम्बर प्लेटको गाडी चढेर हिँड्ने गरेका छन् । त्यही गाडी पनि आफ्नो होइन्, व्यापारीले सित्तैमा उपहार दिएको ।