२९ आश्विन २०८३, बिहिबार

बलात्कारी पुरुष राक्षस हुन् : सन्नी लियोनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny leoneeमुम्बई । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले महिलाहरुमाथि हिंसा दुव्र्यवहार गर्ने पुरुष राक्षसको रुप भएको बताएकी छिन् ।

एक कार्यक्रममा उनले सामाजिक परम्पराले महिलामाथि हिंसा हुने गरेको बताउँदै समाजमा दानवरुपी मानवले महिलाहरुमाथि दुव्र्यवहार बढेको बताईन् । उनले भनिन्-‘महिलामाथि दुव्र्यवहार, जबरजस्ती गर्ने पुरुष एक खतरनाक राक्षस हो ।’

बलात्कारी पुरुषलाई मर्द मान्ने संस्कृतिले पनि दुब्र्यबहारको घटना बृद्धि भएको उनको बुझाई छ ।

यदी आफूलाई पुरुषले मर्द ठान्छ भने त्यसले महिलाको सम्मान गर्न सिक्नुपर्ने सन्नीको धारणा छ । उनले महिलामाथि हुने हिंसा दुव्र्यवहार, बलात्कार जस्ता घटना जघन्य अपराध भएको बताउँदै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताईन् ।

अन्यायको बिरुद्ध नबोल्नु पनि अपराध सरह हो । त्यसकारण पुरुषहरुले पनि आफुमाथि अन्याय भएको कुरा बोल्नुपर्ने उनको भनाई थियो ।