३ कार्तिक २०८३, मंगलबार

झगडा छुटाउन गएको प्रहरी टोलीमाथि आक्रमण, २ गम्भिर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeधनगढी, १५ चैत । धनगढी नगरपालिका-१० घुइँयाघाटमा गए राति गस्तीमा रहेको प्रहरी टोलीमाथि भएको आक्रमणबाट दुई प्रहरी गम्भीर घाइते भएका छन् ।

घुइँयाघाटको श्रीराम इँटा उद्योगनजिक स्थानीयवासीबीच राति झगडा भइरहेको भन्ने सूचना पाएपछि गएको चार जनाको प्रहरी टोलीमाथि स्थानीयवासीले लाठी र ढुङ्गा प्रहार गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीनायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

राना थारू समुदायको बसोबास रहेको उक्त क्षेत्रमा प्रहरी टोलीमाथि भएको आक्रमणबाट साइकल गस्तीमा रहेका प्रहरी जवान थानेश्वर पन्त र प्रहरी हबलदार गणेशराज जोशीको टाउकोसहित शरीरभरि गम्भीर चोट लागेको छ ।

घाइतेलाई उपचारार्थ सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको छ । घटनामा संलग्न भएको अभियोगमा स्थानीयवासी १२ लाई पक्राउ गरिएको छ ।