३ कार्तिक २०८३, मंगलबार

सडक दुर्घटनामा प्रहरी जवानको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeविराटनगर, १५ चैत । विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को११प २३६७ नंको मोटरसाइकल दादबेरिया–३ स्थित भूमिगत नालीमा शनिबार बेलुकी ठोकिँदा मोटरसाइकलमा सवार मोरङ बबियाविर्ता घर भई हाल काँकरभिट्टास्थित भन्सारगार्डमा कार्यरत सशस्त्र प्रहरी जवान २६ वर्षीय पर्वत कार्कीको मृत्यु भएको छ ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सन्तोष कोइराला गम्भीर घाइते भएकाले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।