– राजकुमार ओली
झापा, १४ चैत । सगरमाथा आरोहण गर्न कस्सिएका झापा भद्रपुर १२ का अनिस लुइँटेललाई आज २ लाख २५ हजार रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको छ ।
झापा जिल्ला सहकारी संघले एक लाख रुपैयाँ, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुरले एक लाख रुपैयाँ तथा सर्पदंश उपचार केन्द्र चारआलीले २५ हजार संकलन गरी आज रकम हस्तान्तरण गरेको हो
।
आउँदो चैत्र २० गते झापाबाट सगरमाथा आरोहणमा प्रस्थान गर्न लागेको लुइँटेलको आर्थिक सहयोगको लागि आज नै मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष विजय डालमियाको संयोजकत्वमा एक सय एक सदस्यीय आशिष सगरमाथा आरोहण सहयोग समिति समेत बनाएको छ ।
सगरमाथा आारोहणमा आफुमा उत्साह र साहस दुवै भएकाले आफु तयार रहेको र गत वर्ष समेत आइलैण्ड आरोहणले आफुलाइ गर्न सक्छु भन्ने साहस गरेको बताएका छ्न ।
आउदो चैत्र २० गते झापा जिल्ला सहकारी संघले स्वर्ण महोत्सव को तयारी गरिरहेको र आशिषलाइ सहकारी को झण्डा बोकाएर सगरमाथा फराउने लक्ष्यको साथ सहकारीले काम गरिरहेको अध्यक्ष हरिचरण बाँनियाले बताउनु भएको छ ।
यो काम आशिषको साहस र झापाली को स्वाभिमान पनि रहेको बाँनियाले बताउनु भएको हो ।
झापाको चारआलीमा भएको भेलाले बनाएको समितिका सह-संयोजकमा दुर्गा भटटराई, सचिव मोहन काजी सदस्यहरुमा सुरुंगा सयोजक कुमार पोखरेल, दमक सयोजक शकर बस्नेत, विर्तामोड सयोजक उमेश डालमिया, भद्रपुर सयोजक रमेश पोखरेल, मेचीनगर सयोजक प्रहलादमणी ओली, शनिअर्जन सयोजक नविन गट्टानी लगायत रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कविता शर्मा, लोकराज ढकाल, भीम नेम्वाङ, विना तामाङ, नारायण कँडरिया, चन्द्र भण्डारी, सन्दिप राई, मिलन ढुंगाना, होम पाण्डे, भुवन सुब्बा खरेल, लगायत रहेको लोकतन्त्र पोष्ट दैनिकका सम्पादक तथा सचिव मोहन काजीले जानकारी दिनुभयो ।
सगरमाथा आरोहणमा २५ लाख ८५ हजार खर्च लाग्ने अनुमान गर्दै आर्थिक सहयोगमा सबैै झापा बासीलाइ अनुरोध समेत समितिले गरेको छ ।















प्रतिक्रिया