काठमाडौँ। अर्थविद डा. डिल्लीराज खनालले नेतृत्व गरेको राष्ट्रिय प्रगतिशील एकता मञ्चमा आबद्ध सयौँ नेता कार्यकर्ता शनिबार एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले मुख्यालय बल्खुमा विशेष समारोहका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. खनालसहितका नेता-कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।
अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज पौडेल, एमाओवादीका केन्द्रीय सल्लाहकार बलराम सुवेदी, एमाओवादीका पुराना कार्यकर्ता हरिहर लामिछाने, वातावरणविद् मुरली गोपाल रञ्जितकार र डा सुशील श्रेष्ठ पनि एमालेमा प्रवेश गर्नुभएको छ । यसैगरी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी अर्घाखाँचीका जिल्ला अध्यक्ष बाबुराम घिमिरे पनि शनिबार एमाले प्रवेश गर्नुभएको छ ।
















प्रतिक्रिया