३ कार्तिक २०८३, मंगलबार

एकैदिन तीनजनाले गरे आत्महत्याको प्रयास, एकको मृत्यु, दुईको अवस्था गम्भीर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideविराटनगर, १४ चैत । मोरङमा एकैदिनमा तीनजनाले आत्महत्याको प्रयास गर्दा एकको मृत्यु भएको छ भने अन्य दुईको अवस्था गम्भीर बनेको छ ।

झापाको महरानीझोडा घर भई हाल विराटनगर–१५ बस्ने ४५ वर्षीय गङ्गा बुढाथोकीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डेरा लिई बसेको कोठामा गएराति उनी झुन्डिएर आत्महत्या गरेका हुन् ।

इटहरा–९ बस्ने १४ वर्षीया कमला मुर्मुले किरा मार्ने औषधि खाँदा उनको अवस्था गम्भीर बनेको हो । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

के कति कारणले विषादी खाएको सम्बन्धमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, कोसी–हरैचा नगरपालिका–१३ बस्ने २५ वर्षीया विनिता घमालले विषादी सेवन गर्दा अवस्था गम्भीर बनेको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।