
– अर्जुन सिंह
(झलारी) कञ्चनपुर, १४ चैत । कञ्चनपुरको झलारी बजारमा सरसफाई गरिएको छ ।
आगामी चैत १७ गतेबाट झलारीमा आयोजना हुने राष्ट्रिय साँस्कृतिक मेलाको तयारीका लागि उद्योग वाणिज्य संघको पहलमा शनिबार झलारीको खुल्ला मञ्चमा सरसफाई गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा झलारी पीपलाडी उद्योग बाणिज्य संघको सह–आयोजनामा हुने राष्ट्रिय सांस्कृतिक मेला झलारीको खुल्ला मञ्चमा चैत १७ गते हुँदैछ ।
प्रज्ञा- प्रतिष्ठान नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्बर्दन, प्रबद्र्धन र विकास गर्न भन्दै सांस्कृतीक मेला गरिन लागिएको आयोजकले बताएको छ ।
झलारीमा मेला हुने भएपछि उद्योग बाणिज्य संघको अगुवाईमा शैलेश्वरी गणका शसस्त्र प्रहरीहरु, बाणिज्य संघका पदाधिकारी, स्थानिय व्यापारी र स्थानियहरु लगायतको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
मञ्चमा कार्यक्रम हुने भएपछि मञ्चमा रहेको फोहर सफाई गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त प्रसाद भट्टले बताए । बजार क्षेत्रको फोहर व्यवस्थापनमा सक्रिय भई काम गर्नुपर्ने अवस्था रहेको बाणिज्य संघका सदस्य ललित ऐरले बताउनुभयो ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा उद्योग वाणिज्य संघ झलारीको सह आयोजनामा हुने विभिन्न नृत्य तथा सांगितिक कार्यक्रमहरुमा सहभागिताका लागी उद्योग वाणिज्य संघले अह्वान गरेको छ ।
साँस्कृतिक मेलामा गायक नरेन्द्रराज रेग्मी, पवित्रा घर्ती, भोजराज भट्ट लगायतका कलाकारहरुको उपस्थिती रहने छ । कार्यक्रममा यस क्षेत्रका लोप हुने लागेका कला संस्कृतिहरुको प्रर्दशनी रहने अयोजकले जनाएको छ ।
















प्रतिक्रिया