३० आश्विन २०८३, शुक्रबार

एसिड काण्डमा जीवन बिकको मात्र गल्ती थियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeevan-BK

– राजकुमार श्रेष्ठ (बीबी)

शुशिल, व्यवहारिक र सम्भाव्यता बोकेका जीवन बिकलाई ‘अपराधी जीवन बिक’ वनाउने कुरामा संगिता पुलामी मगर र उनको परिवारको केही भुमिका नै रहेन त ? के सम्पूर्ण दोषको भागिदार जीवन बिक मात्र हो भनेर भन्न सकिने आधार मात्र छन् यो काण्डमा ? 

उच्च जात भइरहँदासम्म माया गर्ने संगितालाई निच जात भएको भन्दै हेय, अपहेलना र तुच्छ व्यवहार गरी आत्मसम्मानमा नै ठोस पुर्याउने छुट कसले दियो ? घटनाको यथार्थता भन्दा पनि एकपक्षीय ढंगवाट गरिएको निर्णयले जीवन बिकलाई कानुनी कारबाही त देला, तर हजारौँ जीवन बिकहरु जन्मिरहनेछन् ।