
काठमाडौँ । नेपाली फिल्मका नयाँ हिरोइन सुचित्रा बास्कोटा आचार्यको मोबाइल हराए लगत्तै दुई वटा अश्लिल भिडियो सार्वजनिक भएको छ ।
नायिका आचार्यले आफ्नो मोबाइल हराएको फेसबुकबाट जानकारी गराएको केहीबेरमै दुई वटा अश्लिल भिडियो सार्वजनिक भएका हुन् । अहिले अष्ट्रेलियामा रहँदै आएकी सुचित्राले मोबाइल हराएकाले फोन नम्बरहरु फेसबुकको म्यासेज बक्समा पठाउन आग्रह गर्दै साथीहरुका नाममा स्टाटस लेखेकी थिइन् ।
तर, त्यसलगत्तै उनकै फेसबुकको फेक आइडी बनाएर दुई वटा भिडियो सार्वजनिक भएका छन् । एउटा भिडियोमा एउटा भिडियो सुचित्रा र उनका श्रीमान निरञ्जन बास्कोटाकै अश्लिल क्रियाकलाप छ ।
यस्तै, अर्को भिडियो ‘जंग बहादुरको कोर्ट’ नामक फिल्मका निर्माता योगेन खड्काको अश्लिल क्रियाकलाप छ । भिडियोमा खड्काले आफ्नो गोप्य अंग देखाउँदै कुनै युवतीसँग भिडियो च्याट गरिरहेको देखिएको छ ।
यी भिडियो हिरोइन सुचित्रा र फिल्म निर्माता योगेन्द्र खडकाको नाममा नक्कली आइडी बनाएर सार्वजनिक गरिएको हो । कसैे आफ्नो नाममा नक्कली फेसबुक खोलेर भिडियो सार्वजनिक गरेको सुचित्राले आफ्नो आधिकारिक आइडीबाट जानकारी गराएकी छिन् ।
अश्लील भिडियो सार्वजनिक भएपछि सुचित्राले प्रहरीको सहायता लिएकी छिन् ।















प्रतिक्रिया