यूएई । यूएईको शारजाह क्षेत्रमा पनि नेपाली प्रबासी श्रमिक संघको क्षेत्रीय समिति गठन भएको छ ।
यज्ञमुर्ति खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कृष्ण वाग्ले, सचिव राजु भण्डारी, सहसचिव दयाराम महतो, कोषाध्यक्ष अनिता खड्का रहेका छन् ।
यसैगरी, सदस्यहरुमा मनिराम महतो, सरिता तामाङ , कुमारप्रसाद अधिकारी, भुपेन्द्र चुके, नेत्र नेपाली, तिजकुमारी रुम्बा, भवानी कोइराला, हेम थपलिया, सुरज पाठक रहेका छन् । अरु एक सदस्य पछि थप्ने बताइएको छ ।

नेपाली प्रवासी श्रमिक संघ यूएईका इन्चार्ज दामोदर दाहालको प्रमुख अतिथ्यता भएको कार्यक्रममा नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवाल, प्रवासी नेपाली मञ्च शारजाह क्षेत्रीय कमिटी अध्यक्ष वसन्त केसी, नेपाली प्रवासी श्रमिक संघ केन्द्रीय कोषाध्यक्ष दिपक राउत, केन्द्रीय सदस्य प्रबीनकाजी श्रेष्ठ र नेपाली प्रबासी श्रमिक संघ युएईका सदस्य तथा शारजाह क्षेत्रीय इन्चार्ज बाबुराम साप्कोटा अतिथि हुनुहुन्थ्यो।

















प्रतिक्रिया