३ कार्तिक २०८३, मंगलबार

छोराछोरी नपाएपछि लोग्ने-स्वास्नीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १४ चैत । इलामको पुवामझुवा–९ का एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

एक सातादेखि घरबाट हराइरहेका हर्कसिंह सुनुवार र निङ्मादिकी सुनुवार झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो जङ्गलमा फेला परेका हुन् ।

छोरी नभएपछि विरक्तिएपछि उनीहरुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

घरदेखि धेरै टाढा रहेको बुलडाँडा भन्ने जङ्गलमा सल र लहरमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको खोजी गर्ने क्रममा उनका भाइले भेटेर प्रहरीलाई खबर गरेका थिए ।