३ कार्तिक २०८३, मंगलबार

पानीमा डुबेर दूधे बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, १४ चैत । महोत्तरीको सहोडवा गाविसमा शुक्रबार अबेर साँझ पानीमा डुबेर एक दूधे बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहोडवा– ४ बस्ने भोला यादवका डेढ वर्षीय छोरा अमितकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बालक यादवको आफ्नै घर अगाडि बाटोको छेउमा रहेको खानेपानी पाइपको पानी जम्मा गर्न खनिएको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

घरका सबैजना आ–आफ्ना काममा व्यस्त रहेका बेला घर बाहिर खेल्दै गरेका बालक यादव खाल्डोमा खसेको र खाल्डोबाट बाहिर निस्कन नसक्दा उनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस