काठमाडौँ। नेपालका चर्चित अर्थविद् डा. डिल्लीराज खनाल अन्ततः एमाओवादी छाडेर शनिबार नेकपा एमाले फर्कनुहुने भएको छ । छ बर्षअघि एमाओवादीमा प्रवेश गर्नुभएका खनाल शनिबार विशेष कार्यक्रमका बीच एमालेमा फर्कन लाग्नुभएको हो ।
उहाँको स्वागतका लागि नेकपा एमालेले शनिबार १ बजे पार्टी मुख्यालय बल्खुमा विशेष कार्यक्रम राखेको छ । खनालसँगै उहाँले नेतृत्व गरेको राष्ट्रिय प्रगतिशील एकता मञ्च नेकपा एमालेमा विलय हुने भएको छ ।
प्रतिक्रिया