३ कार्तिक २०८३, मंगलबार

चट्याङ लागेर तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १३ चैत । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा आज तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको दिघवा गाविस-५ निवासी ४० वर्षीय दशरथ खंग मण्डल, सीतापुर–८ निवासी ५० वर्षीय रविलाल खंग र हरिहरपुर–३ निवासी ८० वर्षीय बिल्टु चौधरी रहेको प्रहरीले जनाएको छ ।

मण्डल र खंगको करेसाबारीमा काम गरिरहेका बेला र चौधरीको बाटोमा हिँड्दै गरेका बेला चट्याङ लागेर मृत्यु भएको जिप्रका सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो ।

तीनै जनाको शव परीक्षणका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको छ । रासस