३ कार्तिक २०८३, मंगलबार

यसवर्ष विराटनगरमा ७४ जना बलात्कारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTविराटनगर, १३ चैत । मोरङमा यसवर्ष ७४ जना बलात्कारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क अनुसार जबर्जस्ती करणीको अपराधमा वृद्धि भएको हो ।

विगतका दुई आव र चालु आवका आठ महिनामा जिल्लामा जबर्जस्ती करणीमा १४४ र जबर्जस्ती करणी उद्योगमा ६० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आव ०६९/०७० मा जबर्जस्ती करणीमा ४८ र जबर्जस्ती करणी उद्योगमा १५ मुद्दा दर्ता भएका र दुवै घटनाको अभियोगमा ६५ जना पक्राउ परेका थिए । त्यसैगरी आव ०७०/०७१ मा जबर्जस्ती करणीमा ५० र जबर्जस्ती करणी उद्योगमा २६ मुद्दा दर्ता भएको र ती अभियोगमा ७४ जना पक्राउ परेका छन् ।

चालु आवको आठ महिनामा जबर्जस्ती करणीमा ४६, जबर्जस्ती करणी उद्योगमा १९ मुद्दा दर्ता भएको र ती अभियोगमा ५२ जना पक्राउ परेका छन् । गत आठ महिनामा ती घटनामा सबैभन्दा बढी ३१ बालिका, ११ महिला र दुई बालक पीडित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बालबालिकालाई आफन्तका जिम्मामा छाडी अभिभावक टाढा बस्ने र तिनलार्ई डरधाकका साथै प्रलोभनमा पार्ने, वैदेशिक रोजगारमा जाने, लगायत कारण जबर्जस्ती करणीका घटनाको मुख्य कारण देखिएको बताउनुभयो ।

जनचेतनाको अभावमा प्रमाण नष्ट हुनु, पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा लिन खोज्नु, घटनाको ढाकछोप र तत्काल उजुरी नआउने जस्ता कारण अपराध नियन्त्रणको मुख्य चुनौती रहेको छ–उहाँले भन्नुभयो ।