झापा । गायनमा स्थापित हुदै गरेकी अनुमा कोइरालाले आफनै दोस्रो गीती एल्बमको ‘अन्माई दियौं’ बोलको नयाँ गीतबाट निर्देशन तिर पनि हात हालेकी छिन् ।
सामाजिक तथा साँस्कृतिक मान्यता समेटिएको उनको गीतको अडियो र म्युजिक भिडियो केही समय अगाडी सँगै सार्वजनिक गरेर बजारमा ल्याएकी छन् ।
सञ्जु श्रेष्ठको शब्द तथा संगीत रहेको यो गीतको म्युजिक भिडियोको कलात्मकता भएको अग्रजहरुले प्रतिक्रिया दिएको निर्देशक अनुमाले बताएकी छिन् । फरक धारको रहेको गित अन्माई दियौ बोलको गीत अहिलेका पुस्ताका लागि पनि नया स्वाद दिन निर्देशन गरेको उनी बताउँछिन् ।
गायिका अनुमाले २०६५ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएकी थिइन् । उनको पहिलो म्युजिक भिडियो ‘हृदय नै मेरो छुने’ बोलको थियो ।
त्यस्तै उनको दोस्रो म्युजिक भिडियो ‘जहिलेदेखि तिमीलाई देखे’ मैले २०६६ सालमा सार्वजनिक भएको थियो । गायन म्युजिक भिडियोको निर्देशनसंगै लग्ने योजना बनेकी कोइरालाले बताएकी छिन् ।
प्रस्तुती : त्रिलोचन कोईराला

















प्रतिक्रिया