३ कार्तिक २०८३, मंगलबार

श्रीमती सिर्जनाका साथ उपप्रधानमन्त्री सिंह सिङ्गापुर प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singकाठमाडौँ, १२ चैत । नेपाल सरकारको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह सिङ्गापुरका पूर्वप्रधानमन्त्री ली क्वान युको अन्त्येष्टिमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

मन्त्री सिंहका साथ श्रीमती सिर्जना तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी भएको उहाँका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।

यही चैत १५ मा हुने युको अन्त्येष्टिमा विश्वका राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी हुने कार्यक्रम छ । सिङ्गापुरमा रहँदा उपप्रधानमन्त्री सिंहले त्यहाँस्थित नेपालीसँग भेटघाट गर्ने र आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।