काठमाडौं । नेपाली चलचित्रका नायक निखिल उप्रेती ‘डन’ बनेका छन् । उनी काठमाडौंका लुटेराका डन हुन् । दयाराम दाहाल निर्देशित चलचित्र भैरवमा नायक उप्रेती डनको भूमिकामा प्रस्तुत भएका छन् ।
आफ्नै निर्देशन रहेको फिल्म ‘भैरव’ को छायाँकन सकाएर नायक निखिल उप्रेती एक्सन फिल्म ‘लुटेरा’ को छायाँकनमा व्यस्त भएका हुन् । लुटेरामा पनि निखिल ‘डन’ देखा पर्दैछन् ।
‘फिल्म ‘लुटेरा’ को गेटअपबारे निखिल भन्छन्, ‘क्यारेक्टरको हिसाबले यस्तो भएको हुँ । फिल्ममा मेरो फ्ल्यास व्याक क्यारेक्टर पनि छ ।’- निखिलले बताए ।
निखिलले आफ्नो फिल्म ‘भैरव’ को हेयर स्टाइलसँग मिल्न नजाओस् भन्ने कुरमामा आफु सजग रहेको समेत बताए ।
बसन्तकुमार श्रेष्ठको निर्माण तथा वितरक एवं हल सञ्चालक गोपाल कायस्थले संयुक्त रुपमा निर्माण गर्दै गरेको फिल्म ‘लुटेरा’ मा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।















प्रतिक्रिया