३ कार्तिक २०८३, मंगलबार

नेपालमा पहिलोपटक ‘युवालय’ सुरुवात

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yuwalayaकाठमाडौं, १२ चैत । यूथ एक्सन नेपालले पहिलोपटक युवाहरुको सिकाई आदानप्रदानका लागि ‘युवालय’ सुरुवात गरेको छ ।

काठमाडौंको मीनभवनमा छुट्टै स्रोतकेन्द्रको स्थापना गर्दै संस्थाले ‘युवालय’ सुरुवात गरेको हो । बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले युवालयको उद्घाटन गरे ।

सचिव शर्माले गैरसरकारी क्षेत्रबाट सञ्चालनमा ल्याइएको युवालयको अवधारणा सरकारका लागि नमूना हुने बताए । ‘युवालयजस्तो फोरम सरकारले पनि सञ्चालन गर्नुपर्ने हो,’ उनले भने, ‘यो सफल भए सरकारले आफ्नो स्रोत केन्द्रलाई यसैअनुसार व्यवस्थित गर्नेछ ।’

नेपालको शिक्षा प्रणालीले दुई खाले जनशक्ति उत्पादन गरेको उल्लेख गर्दै सचिव शर्माले त्यसको खाडललाई युवालयजस्ता मञ्चले अन्त्य गर्ने विश्वास व्यक्त गरे । ‘युवालयको स्रोत केन्द्रमा सबैखालका युवाहरु आपसमा बसेर समस्या समाधान गरुन्,’ उनले भने ।

कार्यक्रममा युथ भिजन- २०२५ कार्यदलका संयोजक योगेन्द्र शाहीले विदेशमामात्रै देखिएको युवालयतको अवधारणालाई नेपालमा सुरुवात भएकोमा खुसी व्यक्त गरे । ‘यस्तो फोरम सरकारले पनि निर्माण गर्ने तदारुकता देखाउनुपर्छ,’ उनले भने ।

एबीसी नेपाल स्वीडेनको सहयोगमा सुरु भएको युवा स्रोत केन्द्रमा आधारभूत स्वास्थ्यसम्बन्धि परामर्श, मनोसामाजिक विमर्श, शिक्षा तथा लक्ष्य सम्बन्धी परामर्श, क्याफे, ई–सूचना केन्द्र, लाइब्रेरी तथा अध्ययन कक्ष छन् ।

स्रोत केन्द्रले १६ देखि २९ बर्ष उमेरका युवाहरुलाई लक्षित गरेको युथ एक्सन नेपालका अध्यक्ष लेखनाथ निरौलाले जानकारी दिए ।

एउटै समयमा १० जनाले युवा सूचना केन्द्रबाट, १० जनाले क्याफेमार्फत १ जनाले (शिक्षा, स्वास्थ्य, मनोसामाजिक) परामर्श र २५ जनाले कार्यशालामा सहभागी भइ विभिन्न विषयमा जानकारी लिन सक्ने संस्थाका महासचिव भावना भट्टले जानकारी दिइन् ।

युवालयमा प्रत्येक हप्ताको १/१ दिन शिक्षा, स्वास्थ्य, मनोसामाजिक विमर्शका कार्यक्रम रहन्छन् अन्तरक्रिया, कार्यशाला, सूचना, कफी छलफलका कार्यक्रमहरु नियमित रहनेछन् ।