दोहा, कतार । वैदेशिक रोजगारीका सिलसिलमा कतार पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । अर्घाखाँची घर भएका २८ वर्षीय काशीराम बेलवासेको बुवाको वार्षिक पूण्य तिथिका दिन कतारमा सुतेकै अवस्थामा मृत्यु भएको छ ।
मैदान गाविस गाविस वडा नं. ७ अमजाका बेलवासे सुत्नु अघि उनीमा कुनै पनि समस्या नरहेको उनका सहकर्मी साथीहरुले बताएका छन् ।
अच्युत पौड्यालले दिएको जानकारी अनुसार उनीमा यस अघि पनि त्यस्तो कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । एक बर्ष अघि मात्र मृत्यु भएका बुवाको पितृ कार्यको १ बर्ष पुगेकै दिन बेलवासेको मार्च २४ तारिख कतारमा मृत्यु भएको हो ।
बावुको एक बर्षे तिथी अनुरुप कपाल मुण्डन गरी चोखोनितोका साथ फलफुल मात्र खाएर ओछ्यानमा सुतेका बेलवासे रातको १२ बजे तिर श्वाशप्रश्वाशमा समस्या भएको भन्दै कराउँदै छट्पटाएपछि उनका कोठामा बस्ने साथी तथा उनकै काकाका छोराले उनलाई पानी खुवाएर एम्बुलेन्स तथा प्रहरीलाई जानकारी गराएका थिए ।
तीन बर्ष अघि मात्र बेलवासेका माईला दाजुको भारतमा हार्ट एट्याककै कारणले मृत्यु भएको उनका काकाका छोराले जानकारी दिए ।
तत्काल नै उनलाई अस्पतालमा लगिएपनि उनलाई अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन् । अर्घाखाँची अमजामा उनीमाथि १ छोरा छोरी र श्रीमती आश्रित थिए ।
अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डेलाई सो बारेमा जिज्ञासा राख्दा उनले भने, अस्पतालको आवश्यक प्रकृया र अन्य कानूनी प्रकृया पश्चात बेलवासेको शवलाई यथाशक्य परिवारजन समक्ष पठाउन हामी लागि पर्नेछौं ।
















प्रतिक्रिया