संखुवासभा १२ चैत । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको पेनाङमा काम गर्दै आएकी एक नेपाली चेलीले अस्पतालवाटै सहयोगको अपिल गरेकी छिन् ।
धनकुटा जिल्लाको सुन्दाई गाविस– ६ घर भएकी संगीता तामाङले आफूलाई सहयोग गरिदिन अपिल गरेकी हुन् । आज भन्दा १८ महिना अगाडी पेनाङको जेसिवाई कम्पनीमा आएकी संगीता तीन महिनादेखि विरामी परेकी थिईन् ।
कम्पनीलाई वारम्वार भन्दा पनि त्यति चासो नदेखाएको सोही कम्पनीमा कार्यरत एक नेपाली कामदारले बताए । साथीहरुको पहलमा एक हप्ता अगाडीदेखि संगीताको पेनाङ अस्पतालमा उपचार भैरहेको छ ।
साथीहरुले १७ सय रिंगेट जम्मा गरेर कम्पनीलाई उपचार गराउनको लागि पैसा बुझाएको समेत उनीहरुले बताए ।
पेनाङमा रहेका स्थानीय व्यापारी गणेश श्रेष्ठको पहलमा संगीताको उपचारको लागि सहयोग रकम संकलन गर्ने काम भैरहेको मलेसियाबाट पत्रकार प्रदिप राईले जानकारी दिए ।
प्रवासी तामाङ एकता समाज मलेसियाले पनि संगीताको उपचारको लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको बताएको छ । उपचारपछि नेपाल फर्काउने पहल भइरहेको जानकारीमा आएको छ ।
















प्रतिक्रिया