३ कार्तिक २०८३, मंगलबार

छोराले आफ्नै बुबाको घाँटीमा छुरा प्रहार गरी हत्या गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudor– रमेश प्रसाद भट्ट 

महेन्द्रनगर, १२ चैत ।  कञ्चनपुरमा एक युवकले मदिरा सेवन गरि बुवाले आफ्नी आमालाई पिटेको भन्दै झोकमा बुवाको हत्या गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ५का १७ वर्षिया अर्जुन आचार्यले ४५ वर्षिया बुवा हरिराम आचार्यको छुरा प्रहार गरि हत्या गरिदिएका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार गएराति घरयासी विवाद भएका बेला हरिरामले आफ्नी श्रीमतीलाई कुटपिट गरेपछि छोराले झोकमा आएर बुबाको हत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख युवराज भण्डारीले हत्यारालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ परेका अर्जुनले प्रहरी समक्ष बुवाले मदिरा सेवन गरि आमालाई पिटिरहेको अवस्थामा आफुले सम्झाउन खोज्दा नमानेपछि पहिलो चोटी पेटमा चक्कु हानेको र दोस्रो पटक घाँटीमै छुरा प्रहार गरेको बयान दिएका छन् ।

मृतकको पोष्टमाष्र्टका लागि बेलौरी प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

समाजमा बड्दो अपराधले आफ्नै छोराले बुवाको हत्या गरेको घटनालाई लिएर बेलौरीका स्थानियहरु चिन्तित बनेका छन् । घटना बारे थप अनुसन्धान भईरहेको बेलौरी प्रहरीले जनाएको छ ।