३ कार्तिक २०८३, मंगलबार

विश्व हिन्दू महासङ्घको महासम्मेलन यही चैत १४ देखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । सनातन हिन्दू राष्ट्र माग गर्दै आएको विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ गते हुने भएको छ ।

विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले यही चैत १४ गते रामनवमीको अवसर पारेर महासम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सनातन धर्मको रक्षा गर्दै नयाँ पुस्ता लैजानका लागि हामीले उक्त सम्मेलन गर्न लागेका हौँ ।”

सो महासम्मेलनमा भारतीय जनता पार्टीका केन्द्रीय सचिव अरुणकुमार जैन, भाजपाका नेता डा दिनेश उपाध्याय, नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का, लक्ष्मणप्रसाद घिमिरे, हरिबोल भट्टराई, कृष्णा अमात्य, सुवर्ण ज्वारचनलगायतका नेताहरु सहभागी हुने महासङ्घले जनाएको छ ।

सो अवसरमा शान्तिबाटिकाबाट शान्ति -याली पनि निकालिने भएको छ । महासम्मेलनमा एक हजारभन्दा सहभागी हुने बताइएको छ ।