महाधिवेशन सकिएको ९ महिनामा नेकपा एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड भएको छ । नेकपा एमालेको बुधबार साँझ सम्पन्न स्थायी समितिको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।
बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल दुबैले विदेश विभाग प्रमुख बन्ने चाहना राखेकाले उनीहरुको जिम्मेवारी तय हुन बाँकी छ । अध्यक्ष केपी ओलीले सल्लाह गरेर उनीहरुको जिम्मेवारी पछि टुंगो लगाउने निर्णय भएको छ ।
जनकपुर अञ्चलको जिम्मेवारीका विषयमा केही विवाद देखिएको छ । यसैगरी, लुम्बिनीको सहइन्चार्ज ठाकुर गैरे र वैजनाथ चौधरीमध्ये कस्लाई बनाउने भन्ने विवाद छ ।
















प्रतिक्रिया