३ कार्तिक २०८३, मंगलबार

धरानका युवाहरुलाई लागुऔषध ‘मेथोडिन’ नदिन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0012

– सन्तोष काफ्ले
धरान, ११ चैत । विश्वभर असफल भइसकेका हेरोइन दुव्र्यसनको उपचारका लागि प्रयोग गरिने लागुऔषध मेथोडिन धरानका युवाहरुमा प्रयोग गर्न लागिएको भन्दै धरानका पूर्वलागुऔषध प्रयोगकर्ता युवाहरुले विरोध गरेका छन् ।

ग्लोबल फण्ड र सेभ द चिल्ड्रेनको सहयोगमा धरानको किराँत याक्थुम चुम्लुग पुनर्जीवन केन्द्रले यहि चैत्र महिनादेखि मेथाडोन कार्यक्रम लागु गर्ने तयारी गरेपछि पूर्व लागुऔषध प्रयोगकर्ताहरु लागुऔषधको विरुद्धमा अर्को लागुऔषध प्रयोग गर्नु नहुने भन्दै विरोधमा उत्रिएका हुन् ।

मेथाडाने विरुद्ध संघर्ष समिति गठन गरेका युवाहरुले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै नेपालका लागुऔषध प्रयोगकर्ताका लागि मेथाडोनले कुनै फाईदा नगर्ने भन्दै संघर्षको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व लागुऔषध प्रयोगकर्ता दिनेश राईले विदेशमा हेरोइन सेवन गर्नेहरुका लागि लागु गरिएको मेथाडोनले नेपाली युवाहरुलाई झन् नकारात्मक असर गर्ने दाबी गरे । उनले मेथाडोनले हेरोइनको मानसिक मार्ने हो तर नेपालमा हेरोइनखाने कति छन् र ? प्रश्न गरे ।

नेपालमा अधिकांश दुव्यर्सनीले प्रयोग गर्ने डाईजेपाम लगायतका लागु औषधलाई यसले प्रतिस्थापन गर्न सक्दैन बरु तिनीहरु भन्दा कडा हुने भएकाले धेरै असर गर्ने उनको तर्क छ । दिनेशको जस्तै भनाइ छ पुर्व मेथाडोन प्रयोग कर्ता रोसु रेग्मीको पनि । उनले यसको सेवनले लागु औषधको दुव्र्यसनी छोड्ने भन्दा पनि झन कहिल्यै निसक्न नसक्ने गरि दुव्र्यसनमा फस्ने बताए ।

उनले मेथाडोन धरानमा भित्रिए धरानमादुव्र्यसनीहरुको संख्या बढ्ने भन्दै धराने युवाहरुलाई उपचार आवश्यक रहेको छ । उनले सुइवटा दुव्र्यसन प्रयोग गर्नेहरुका लागी विकल्पको रुपमा मेथाडोन प्रयोग गर्न भने पनि यो सम्भव नरहेको बताए ।

सन् २००७ मा पनि धरानमा मेथाडोन प्रयोग गर्ने तयारी भएको थियो तर यस्तै विवादका कारण कार्यक्रम लागु भएन् । हाल नेपालका विराटनगर, काठमाडौं, चितवन, पोखरा लगायतका ठाउँमा लागुऔषध प्रयोगकर्तालाई सुधार्न भन्दै मेथाडोन कार्यक्रम सञ्चालन गरिएका छन् ।

पूर्व लागुऔषध प्रयोगकर्ता प्रशान्त शर्माले नेपालका र विदेशका लागुऔषध प्रयोगकर्ता फरक बताउदै नेपालमा निःशुल्क उपचार आवश्यक रहेको तथा डलरका लागि यस्ता कार्यक्रम लागू गरिनु नहुने बताए ।

पूर्व लागुऔषध प्रयोगकर्ताहरुको समूह रिकभरिङ धरान लगायत सहभागी संघर्ष समितिले मेथाडोन विरुद्ध हस्ताक्षर संकलन गर्ने, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ ।