शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

कृषिमा रोजगारीका अवसर वृद्धि गरिने : अर्थमन्त्री डा महत

दैनिक नेपाल २०७१ चैत ११ गते १७:३३

ramsaran-mahatपोखरा, ११ चैत । अर्थमन्त्री डा रामशरण महतले कृषिमा रोजगारीका अवसर वृद्धि गरिने बताउनुभएको छ ।

स्वदेशमै युवालाई काम दिन आगामी वर्षको बजेटमा कृषि उत्पादनका कार्यक्रममा रु ११ अर्ब भन्दा बढीको बजेट व्यवस्था गरिने उहाँले बताउनुभएको छ ।

कास्कीको सल्यान गाविसमा सञ्चालित साना किसान कृषि सहकारी संस्थाको हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री महतले सबै वाणिज्य बैंकले ६ प्रतिशत ब्याजमा कृषि उत्पादनमा लगानी गर्नेुपर्ने धारणा राख्नुभयो ।

यस सम्बन्धमा अर्थ मन्त्रालयले सवै वाणिज्य बैंकलाई परिपत्र गरिसकेको उहाँले बताउनुभयो । त्यस अनुरुप त्यस अनुरुप लगानी नगरे त्यस्ता वाणिज्य वैंकलाई कारबाही समेत गरिने जानकारी दिँंदै अर्थमन्त्री डा महतले स्वदेशमै रोजगारीका अवसर सृजना गरी युवाहरुलाई विदेश जानवाट रोक्न कृषि उत्पादनका कार्यक्रमलाई बढवा दिनुपर्नेमा जोड दिनुभयो ।

साना किसान कृषि सहकारी संस्था सल्यानका अध्यक्ष पद्म पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँंग्रेसका नेता शुक्रराज शर्मा, पोषनाथ शर्मा, श्रीकृष्ण लामिछानेलगायतका वक्ताले मन्तव्य राख्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित