सिन्धुपाल्चोक । सरगम कार्कीले पहिरो गीतमा मोडलिङ गरि आफनो मोडलिङ करिअर सुरु गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मिएकी सरगम सानैदेखि मोडलिङमा रुचि राख्ने गर्थिन् ।
मिलेको जिउडाल, अत्यन्त सुन्दर र राम्रो अभिनय गर्ने क्षमता भएकी सरगमले भविष्यमा एक सफल मोडल बन्ने लक्ष्य लिएकी छिन् ।
यसअघि पनि चर्चित गितमा स्वर दिएका कृष्ण काफ्लेको स्वर रहेको यस गीतमा सरगम कार्की र पल शाहको अभिनय हेर्न पाइने छ ।
पहिरोमा रामचन्द्र घिमिरेको शब्द, दिपक शर्माको संगित, उदयराज पौडेलको संगित संयोजन, विशाल भण्डारीको निर्देशन र हरि हुँमागाईको छायाँकन रहेको छ ।
माया बस्यो जुनेली रातैमा तिमि बस्यौ यो मेरो आँखैमा, माया गहिरो सम्झना जान्छ मेरो मनमा पहिरो बोलको गीत रहेका म्युजिक भिडियो अब केही दिनमै बजारमा ल्याउने तयारी भैरहेको गायक कृष्ण काफलेले बताए ।
प्रस्तुति : सुशिल नेपाल















प्रतिक्रिया