विराटनगर, ११ चैत । सुनसरीको सोनपुरस्थित अर्यन्त मल्टिफाइबर जुटमिलको परिसरमा भीषण आगलागी भएको छ ।
परिसरभित्र बिहान ११ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा नआएको सो उद्योगका प्रबन्धक गोविन्द बजगाइँले जानकारी दिनुभएको छ ।
आगलागी नियन्त्रणका लागि इटहरी, धरान, इनरुवा र विराटनगरका दमकल प्रयासरत रहेका छन् ।
उक्त आगलागीबाट अहिलेसम्म रु १५ लाख बढीको क्षति भएको प्रबन्धक बजगाइँले बताउनुभयो । “आगो गोदामतर्फ सल्कयो भने ठूलो परिमाणमा क्षति हुने देखिन्छ” उहाँले भन्नुभयो । आगलागी कसरी भयो भन्ने सम्बन्धमा जानकारी नभएको बताइएको छ । रासस















प्रतिक्रिया